Logo
३ मंसीर २०८३, बिहीबार

सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, तोलाको कति पुग्यो ?

अक्षरपाटी
२०८३ मंसीर ३ , बिहीबार ११:११ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आउने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।

तिहारपछि नेपाली बजारमा सुन तथा चाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ।

सुनचाँदी

ट्रेन्डिङ ( साप्ताहिक )