Logo
२९ असोज २०८१, मंगलबार

आज प्रतिनिधिसभाको बैठक बस्दै

अक्षरपाटी
२०८० वैशाख १३ , बुधबार ०९:०४ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक अपरान्ह ३ बजे बस्न लागेको हो।

आजको बैठकले संसदीय समितिमा रहने सदस्यहरूको टुंगो लगाउने संघीय संसद सचिवालयले जनाएको छ।

यसैगरी, संक्रणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउनका लागि संसदीय विशेष समिति गठन गर्ने प्रस्ताव पनि पेस हुने भएको छ।

टीआरसी विधेयकमाथि छलफलका लागि विशेष समिति गठनको प्रस्ताव सत्तापक्ष नेपाली काग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पेस गर्ने कार्यसूची रहेको छ।

उनको प्रस्तावलाई नेकपा एमालेका सांसद रघुजी पन्तले सर्मथन गर्नेछन्।

त्यस्तै, आजको प्रतिनिधिसभा बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयकमा दफावार छलफल सुरु हुनेछ।

विधेयकमाथि दफावार छलफलको प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।