Logo
७ वैशाख २०८१, शुक्रबार

तेस्रो भजहर कप फुटबल प्रतियोगिता सरु

अक्षरपाटी
२०८० वैशाख १६ , शनिबार ०१:०४ मा प्रकाशित

धनगढी। कैलालीको कैलारी गाउँपािलका ८ लोहरपुरमा तेस्रो भजहर कप फुटबल प्रतियोगिता सुरु भएको छ।

थारुहरुको पर्व भजहरको अवसरमा हरेक बर्ष हुदैं आएको भजहर कपको तेस्रो संस्करण शक्रबारदेखि सुरु भएको हो।

युवा जनहित क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको कैलारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा कैलारी गाउँपालिकाका कार्यवहाक अध्यक्ष ध्वजबहादुर बोहोराले उद्घाटन गरेका थिए।

पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गौरीगंगा ११ स्पोर्टस क्लब विजयी भएको छ।

गदरियाको मसुरीया ११ स्पोर्टस क्लबलाई ३–१ ले हराउँदै गौरीगंगा क्वाटरफाईनलमा प्रवेश गरेको हो।

खेलको प्लेयर अफ द म्याच गौरीगंगा ११ का ललित ऐर भए। उनले नगद एक हजार प्राप्त गरे।

बैशाख २३ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए।

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ।

त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ।