




काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बानियाँमाथि अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनबाट गत साता पक्राउ अनुमति लिएको स्रोतले जानकारी दिएको छ।
प्रहरीले उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी विषयमा अनुसन्धान गर्न पक्राउ अनुमति लिएको हो। यद्यपि, प्रहरीले बानियाँ जोडिएको घटनाको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।
यसअघि प्रहरीले बानियाँका छोरा दीक्षान्तलाई पक्राउ गरेको थियो। त्यस्तै, गत वैशाखमा सम्पत्ति शुद्धीकरण विभागले बानियाँको घरमा छापा मारेको थियो।
बानियाँ २०८२ साउन २० गतेदेखि २०८३ भदौ १ गतेसम्म बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
ईन्द्रबहादुर बानियाँ पक्राउ

