Logo
१६ चैत्र २०८०, शुक्रबार

रमेश र एलिनाको ‘ए धोकेबाज’ बजारमा

अक्षरपाटी
२०८० वैशाख १९ , मंगलबार ०२:०५ मा प्रकाशित

काठमाडौं। पछिल्लो समयको अत्याधिक लोकप्रिय गीत ‘धोकेबाज हौ तिमी’की गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘ए धोकेबाज’ सार्वजनिक भएको छ।

लामो समयदेखि अमेरिका रहेर नेपाली गीत, संगीत र साहित्यमा सक्रिय गीतकार रमेश लुइँटेलको शब्द रहेका गीत ‘ए धोकेबाज’मा नविन कार्कीको संगीत र विशाल निरौलाको एरेन्ज छ।

मायाप्रेम र बिछोडलाई बेजोड रुपमा देखाइको गीतको भिडियोमा समीप निरौला, निक्स शर्मा र आभा शर्मा लगायतको अभिनय छ।

युवा निर्देशक प्रहिल कार्कीले गीतको भाव अनुसार भिडियोलाई शसक्त रुपमा प्रस्तुत गरेका छन।

उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई नेपाली मेलोडिज च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गीत
यो पनि हेर्नुहोस् : जाली परदेशी बजारमा