Logo
१७ असार २०८३, बुधबार

कांग्रेसबाट थप तीन जना सरकारमा सहभागी

अक्षरपाटी
२०८० वैशाख २० , बुधबार ०५:०५ मा प्रकाशित

काठमाडौं। कांग्रेसका तर्फबाट थप तीन जना पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएका छन्।

आज प्रधानमन्त्री पुष्पकमल दाहालले नवौंपटक मन्त्रिपरिषद विस्तार गरेका हुन्।

आज कांग्रेसका तर्फबाट धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन्।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई मन्त्री नियुक्त गरेका हुन्। मन्त्रीहरुको शपथ ग्रहणको कार्यक्रम भोलि दिउँसो ३ बजेका लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

दाहालको मन्त्रिमन्डलले अझै पूर्णता भने पाउन सकेको छैन।

ट्रेन्डिङ ( साप्ताहिक )