Logo
७ वैशाख २०८१, शुक्रबार

२५६७ औं बुद्ध जयन्तीको शुभकामना

अक्षरपाटी
२०८० वैशाख २२ , शुक्रबार ०८:०५ मा प्रकाशित

काठमार्डां। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको आज २५६७ औं जन्मजयन्ती।

आज बुद्ध जन्मथलो लुम्बिनीमा विभिन्न कार्यक्रम गरि मनाइँदै छ। शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशको स्मरणले मात्रै पनि विश्वमा शान्ति सम्भव छ भन्ने विश्वासका साथ यो दिवश मनाइन्छ।

बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन सकेको छैन। मानव अधिकार विरोधी यस्ता क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक कार्य गर्न आश्वयक छ।’

देउवाले दिगो शान्ति विना मुलुकको समग्र विकास नभएको बताएका छन्। उनले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्न आग्रह गर्दै अशान्ति, हत्या र हिंसाको विरोध गर्न अपिल गरेका छन्।

देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना देउवाले गरेका छन्।

विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६७ औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्वी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइ एवं किराँत समुदायको महान पर्व उभौलीको अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइहरुमा उनले शुभकामना व्यक्त गरेका छन्।