Logo
१५ वैशाख २०८१, शनिबार

भित्र आकस्मिक बैठक, देउवा निवास बाहिरै पत्रकार

अक्षरपाटी
२०८० वैशाख २७ , बुधबार ०८:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसले आकस्मिक रुपमा शीर्ष नेताहरुको बैठक बोलाएको छ।

धुम्बाराहीस्थित देउवा निवासमा बसेको बैठकको ठोस विषय भने खुलाइएको छैन। नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका विषयमा बैठक बोलाइएको भनिए पनि बैठकमा रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीलाई भने भित्र प्रवेशमा रोक लगाइएको छ।

गेटमा रहेका सुरक्षाकर्मीले सञ्चारकर्मीले बैठकको फोटो र भिडियो लिन खोजेको सूचना पुर्याए पनि भित्र प्रवेशको अनुमति नदिइएको त्यहाँ रहेका पत्रकारहले बताए।