Logo
२८ असार २०८२, शनिबार

कांग्रेसले खाँणलाई तत्काल निलम्बन नगर्ने

अक्षरपाटी
२०८० वैशाख २८ , बिहीबार ०८:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसले तत्काल निलम्बन नगर्ने भएको छ।

हिजो र आज निरन्तर बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उनलाई निलम्बन नगर्ने निर्णय गरेको पार्टीका सहमहामन्त्री जीवन परियारले बताए।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कुनै पनि व्यक्ति कुनै पनि मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्ने वित्तिकै दोषी ठहर हुँदैन, ऊ आरोपित मात्रै हो। त्यसैले खाँणको हकमा पनि त्यही हो’, बैठकपछि सहमहामन्त्री परियारले मिडियासँग भने, ‘उहाँले अनुसन्धानमा सहयोग पुर्याउनुभएको छ। अदालतको निर्णय सबैले मान्नुपर्छ। हामी जो कोही दोषीलाई उम्मुक्ति दिनु हुँदैन भन्नेमा स्पस्ट छौँ ।’