Logo
१४ वैशाख २०८१, शुक्रबार

रविले प्रधानमन्त्रीलाई भनेः तपाईं भ्रष्टाचारका फाइल खोल्नुस, हामी सडकबाट सघाउछौँ

अक्षरपाटी
२०८० वैशाख २९ , शुक्रबार १०:०५ मा प्रकाशित

काठमाडौं। भ्रष्टाचारविरुद्धका फाइल खोलेर कारबाही अगाडि बढाएकोमा रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर धन्यवाद दिएका छन्।

आज बालुवाटारमा भएको भेटवार्तामा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक भएको बताउँदै आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध सडकमा संघर्ष गर्ने समेत जानकारी गराएको सचिवालयले जनाएको छ।

रविले भेटमा भने, ‘तपाईँ सरकारमा बसेर फाइल खोल्दै हुनुहुन्छ, त्यसका लागि धन्यबाद, हामी सडकबाट के के सहयोग गर्न सकिन्छ, गर्न तयार छौँ, भ्रष्टाचारविरुद्ध सहयोग गर्न तयार छौँ।’

भेटका क्रममा प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध सरकार निर्मम भएर अघि बढेको बताउँदै सहयोगको अपेक्षा व्यक्त गरेका थिए।

रवि लामिछाने