Logo
७ वैशाख २०८१, शुक्रबार

आरजुले भनिन् : मञ्जुको जिम्मा लिन्न, छोराको कसम मैले एक रुपैयाँ खाएकी छैन

अक्षरपाटी
२०८० जेठ १ , सोमबार ०८:०५ मा प्रकाशित

काठमाडौं। कांग्रेस नेतृ तथा सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जबरजस्ती मुछिएको गुनासो गरेकी छन्।

उनले फेक अडियो बनाएर आफूलाई कसैले बदनाम गर्न खोजेको जिकिर गरिन्। एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले त्यसका विरुद्ध आफू कानुनी उपचारमा रहेको समेत बताइन्।

अन्तर्वार्ताका क्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले एक पैसा पनि नखाएको भन्दै छोरा जयबीरको नामै लिएर कसम समेत खाएकी छन्। तर उनले सो प्रकरणमा नाम जोडिएकी कांग्रेस नेतृ तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको भने आफूले ज्ञारेन्टी नलिने बताएकी छन्।

उनले भनिन्, ‘केन्द्रीय सदस्य हो, तर के उनी सँधै मेरै वरपर हुन्छन् र, म उनको जिम्मा लिन सक्दिन।’

उने आफू ह्युमन ट्राफिकिङ कार्यक्रममा पनि काम गरेको मान्छे भएकाले अन्तर्राष्ट्रिय नियम कानुन थाहा भएको पनि खुलाएकी छन्।

आफू देशकोभन्दा ठूलो बजेट भएको कार्यक्रममा काम गरेको अन्तर्राष्ट्रिय छवी बनाएको मान्छे भएकाले मानव तस्करीका बारेमा सोच्न पनि नसक्ने व्यक्तित्व भएको बताएकी छन्।

उनले आफूलाई अमेरिकाको नजिक भएको चिनारी बनाइदिए पनि आफू भारतमा पढेको खुलाएकी छन्। तर उनले आफ्नो विवाह २८ वर्षअघि अमेरिकन राजदूतले गराइदिएको सत्य भएको बताउँदै रामै्र जोडी जुराइदिएकोमा धन्यवाद समेत दिएकी छन्।

उनले आफ्नो रेपोटेसन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पत्नीका रुपमा नभएर गरेको कामका आधारमा बनेको पनि बताइन्।

हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा उनले आफू सेरबहादर देउवाको पत्नीका रुपमा रहँदा केही फाइदा र केही बेफाइदा भएको बताइन्। उनले उहाँको पत्नीका रुपमा चिनाउन सजिलो भए पनि ठूलो छहारी मुनी अन्य बिरुवा हुर्किन भने गाह्रो हुने गरेको पनि उजागर गरिन्।

उनले आफू पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको पत्नीका रुपमा रहँदा धेरै मानिस भेट्न आउने गरेको र अनेक काम लिएर आउने गरेको सुनाइन्। उनले भनिन्, ‘न भेटौँ, घमन्डी भन्छन्, भेटेर काम गरिदिँदा पनि आउने सबैको काम हुँदैन, हुने त खुशी हुन्छ, नहुने रिसाएर जान्छ र मेरै बदनाम गर्छ।’

आफूले पाँच, ६ सय जनालाई कैलाली र डडेल्धुराबाट मात्रै फ्रि भिसामा मलेसिया, दबई पठाएको पनि बताइन्।

आरजु राणा