Logo
२८ मंसीर २०८२, आईतबार

बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ प्रदर्शन हुँदै

अक्षरपाटी
२०८० जेठ ९ , मंगलबार १०:०५ मा प्रकाशित

काठमाडौं। बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ जेठ १२ गतेबाट देशभर प्रदर्शन हुँदैछ।

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ।

बहुपति प्रथामा आधारित ‘टुल्की’ चलचित्र हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको हो।

चलचित्रको निर्देशन देवजङ्ग थापाले र छायाँङ्कन सुसिल अधिकारि र नमराज घिमिरेले गरेका छन्।

शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा रहेका छन्।

चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ ।

चलचित्रमा सम्पादन तारा थापा किम्भेको, पार्श्व संगीत संजिव सुब्बाको,कोरियोग्राफी लिगेश भट्टराइ र रमेश बुढाथोकीको रहेको छ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ।