Logo
१५ चैत्र २०८०, बिहीबार

नर्वेमा नेपाली फोटोग्राफरको एकल फोटोग्राफी प्रदर्शनी

अक्षरपाटी
२०८० जेठ १४ , आईतबार १२:०५ मा प्रकाशित

काठमाडौं। साहित्यकार, कवी, निर्देशक तथा फोटोग्राफर प्रकाश आङदेम्बेको फोटोग्राफी नर्वेमा प्रदर्शन भइरहेको छ।

गुल्सेट सामुदायिक केन्द्र, सियन–नर्वेले ‘मन्थ अफ दी आर्टिस्टका’ रुपमा प्रकाश आङदेम्बेलाई मे महिनाभरीका लागि चुनेको छ।

महिनाभर एउटा कलाकर्मीको रुपमा स्थान पाउने आङदेम्बे पहिलो नेपाली हुन्। जहाँ आङदेम्बेको एकल फोटोग्राफी प्रदर्शनी भइरहेको छ।

नर्वेको दक्षिणी सहर सियनमा रहेको यो केन्द्र कला, साहित्य, भाषा, सँस्कृति, सृजनशिल, सामाजिक गतिविधिमा सक्रिय कम्युनकै एक केन्द्र हो।

केन्द्रले संसारभरबाट आएका मानिसलाई निशुल्क साँस्कृति, भाषिक, सृजनशिल, सौन्दर्यहरू आदानप्रदान गराउँदै हितैसी भावना जगाउने काम गर्दै आएको छ।

केन्द्रले आफ्नो प्रदर्शनीकक्षमा हरेक महिना एक कलाकारको सृजनालाई समावेश गर्ने गर्दछ।

प्रदर्शनीमा उनले पोट्रेट, ल्यान्डस्केप, क्रिएटिभ, शुक्ष्म र वाइल्ड फोटोहरू समावेश गरेका छन्। जहाँ नेपालको परिचयन दिने तस्वीरहरू बढी छन्।

आङदेम्बे फोटोग्राफीमा पनि अढाई दशकभन्दा लामो समयदेखि निरन्तर साधनारत छन्। हरेक प्रकारका फोटोग्राफीमा पोख्त उनी उनी आफू स्वयम चाही पोट्रेट, ल्यान्डस्केप र कलात्मक फोटोमा काम गर्न बढी पराउँछन्।

जीवन र जगतको अज्ञात सौन्दर्यको खोजीको एक मार्ग फोटोग्राफी पनि हो भन्ने उनी ‘शब्दमा मात्र होइन, भाषामा मात्र होइन। फोटोमा पनि कविता भेटिन्छ,’ भन्छन् । त्यस्तो फोटोग्राफीलाई उनी ‘पोइटिक फोटोग्राफी’ भन्न रुचाउँछन्।

‘सियन’ नर्वेको प्राचीन र ऐतिहासिक सहर हुनका साथै विश्वप्रसिद्द कवि/नाटककार हेनरिक इव्सेनको जन्मभूमी पनि हो।

सँगसँगै बाम्ले कम्युनको ब्रातोभेतमा पनि आङदेम्बेको अर्को फोटोप्रदर्शनी चलिरहेको छ। दक्षिण नर्वेका लोकप्रिय फोटोग्राफरहरूको साझा क्लब ‘ग्रेन्डल्यान्ड फोटो क्लब’ को व्यानरमा एक दर्जन फोटोग्राफरहरूको ४५ वटा फोटोग्राफी सहभागी छन्।

जहाँ आङदेम्बेको ‘प्रेमको आकास’ ‘रंगहरूको जङगल’ र ‘इश्वरको रंग’ शिर्षकका तीनवटा फोटोहरू सहभागी छन्। यो प्रदर्शनी मे पहिलो हप्तावाट शुरु भएर जुन महिनाभरी रहनेछ।

नर्वेजियन फोटोग्राफर बाहेक आङदेम्बे एक मात्र सहभागी विदेशी मुलका फोटोग्राफर हुन्।

नर्वे संसारभरका ल्यान्डस्केप फोटोग्राफरहरूको स्वप्नदेश हो। त्यसमाथि फोटोग्राफी विधालाई नर्वेमा कलाको उत्कृष्ठ विधाको मध्ये एक रुपमा हेर्ने गरिन्छ।

आङदेम्बे भन्छन् ‘हरेक कुराको भाष्य र मूल्य निर्माण गर्न आवश्य हुनेरहेछ। भाष्य र मूल्य निर्माण गर्नलाई सँस्कार र सँस्कृति निमार्ण गुर्नपर्ने रहेछ। यहाँ मैले फोटोग्राफीको महत्व बुझ्न पाएँ, सिक्न पाएँ।’

नर्वे प्रकाश आङदेम्बे फोटो प्रदर्शनी