पाल्पा। बुटवलबाट आइतबार अर्घाखाँची जाँदै गरेको जिप पाल्पाको सत्यवती केवरे डाँडामा दुर्घटना हुँदा मृत्यु भएका चार जनाको परिचय खुलेको छ।
लु १ च ९०२४ नम्बरको जीप हिजो बेलुका ५ बजेतिर दुर्घटना भएको थियो। दुर्घटनामा परेर ११ जना घाइते भएका थिए।
मृत्यु हुनेहरुमा पाणिनी गाउँपालिका १ पणेनाकी ५५ वर्षिया श्यामकला परियार, वडा नं २ पोखराथोकका २६ वर्षीय चालक रमेश विक, २५ वर्षीया सिता गौतम, २ वर्षका संयोग गौतमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनाको अनुसन्धान जारी रहेको बताएको छ।