Logo
१७ चैत्र २०८०, शनिबार

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता

अक्षरपाटी
२०८० जेठ २२ , सोमबार ०९:०६ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच व्यवसाय प्रवद्र्धनका लागि टीभीसी प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ।

२०८० का लागि टीभीसी प्रसारण गर्ने सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बीचमा प्रसारण गर्नेछ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापछि दुबै संस्थाको व्यवसाय बृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पूग्ने विश्वास व्यक्त गरे।

वित्तीय साक्षरता लगायतको कार्यक्रमलाई टेलिभिजन मार्फत नागरिकमा पु¥याउन सहयोग पूग्ने उनले बताए।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शाहले दुबै सरकारी संस्थाको धेरै अवस्था मिल्ने बताउँदै राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सहयोग पुग्ने बताए।

समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख अच्युत गौतम, कम्पनी सचिव हेमराज खरेल, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापालगायत दुबै संस्थाका कर्मचारीहरुको उपस्थिति थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग, क्यूआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, बिना चेक रकम झिक्न सकिने, ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाईल बैंकिङ्ग, तथा बिना ईन्टरनेट चल्ने यूएसएसडी बैंकिङ्ग सेवाहरु समेत सञ्चालनमा छन।

राष्ट्रिय वाणिज्य बैंक