Logo
२७ वैशाख २०८२, शनिबार

बालश्रम गराउनेलाई काठमाडौं महानगरले कारबाही गर्ने

अक्षरपाटी
२०८० जेठ २४ , बुधबार ०९:०६ मा प्रकाशित

काठमाडौं। काठमाडौं महानगरपालिकाले बालश्रमविरुद्ध कदम चाल्ने भएको छ।

महानगरका मेयर बालेन्द्र शाहले एक सूचना जारी गर्दै महानगरमा श्रमिकका रुपमा बालबालिकालाई काम गराएको पाइएमा कानुनअनुसार कारबाही गर्ने जनाएका छन्।

कुनै पनि बहानामा १८ वर्ष मुनिका बालबालिकालाई श्रमिकको रुपमा काम गराएको पाइएका बालश्रम ऐनअनुरुप कडा कारबाही गर्ने उनले जनाएका छन्।