Logo
३२ असार २०८३, बिहीबार

कालिकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु

अक्षरपाटी
२०८० जेठ २५ , बिहीबार ०९:०६ मा प्रकाशित

कालिकोट २५ जेठ। कालिकोटको रास्कोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

राष्कोट नगरपालिका २ मा ब१ च ४६४१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा रास्कोट १ का ४३ वर्षीय मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिप सात सय मिटर तल खोलामा खसेको छ। इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर छोडेको बेला ब्याक सरेर खोलामा खसेको हो। घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )