Logo
२० वैशाख २०८१, बिहीबार

देशभर करिब २२ हजार मिटरब्याज पीडितका उजुरीमाथि छानविन हुँदै

अक्षरपाटी
२०८० जेठ २५ , बिहीबार १०:०६ मा प्रकाशित

जनकपुरधाम। देशभर हालसम्म २१ हजार नौ सय ७५ मिटरब्याज पीडितले उजुरीमाथि छानविन सुरु भएको छ।

पीडितको उजुरी लिन र छानबिन गर्न बनेको मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी जाँचबुझ आयोगले वैशाख १७ देखि जेठ १४ सम्म परेका उजुरीमाथि छानबिन सुरु गरेको हो।

आयोगको धनकपुरधाममा रहेको कार्यालयमा सबैभन्दा बढी १७ हजार ८ सय ५६ उजुरी मधेसबाट परेका छन्।

त्यस्तै लुम्बिनीबाट ३ हजार १२, कोशीबाट ३ हजार ७७, बागमतीबाट ३ हजार ३४, सुदूरपश्चिमबाट २ हजार ४९ र गण्डकीबाट १ सय ४० उजुरी परेको आयोगले जनाएको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरेर उजुरी लिइएको थियो। जोहरीमाथि अध्ययन र छानबिन सुरु भएको उले जानकारी दिए।