Logo
७ जेठ २०८१, सोमबार

विधेयक प्रमाणीकरणको प्रतिलिपी झिकाउन सर्वोच्चको आदेश

अक्षरपाटी
२०८० जेठ २६ , शुक्रबार ०७:०६ मा प्रकाशित

काठमाडौ‌। सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश दिएको छ।

आज सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुष्पलता माथेमाको संयुक्त इजलासले विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश दिएको हो।

सर्वोच्चले विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्को जेठ १२ गतेको सिफारिस र राष्ट्रपति कार्यालयले जेठ १७ गते गरेको प्रमाणीकरणको निर्णय झिकाउन आदेश दिएको हो।

अदालतले जेठ ३० गतेका लागि अर्को पेसी तोकेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए।