Logo
२४ पुस २०८१, बुधबार

हटाउन थालियो काठमाडौं महानगरभित्रका अव्यवस्थित तार

अक्षरपाटी
२०८० जेठ ३१ , बुधबार ०१:०६ मा प्रकाशित

काठमाडौं। केही दिनअघिको सूचनाअनुसार काठमाडौं महानगरपालिकाभित्र अव्यवस्थित रुपमा तानिएका तारहरु हटाउन थालिएको छ।

टेलिफोन, इन्टरनेट, केबल नेटवर्कलगायतका तार व्यवस्थापन गरिन थालेको हो।

महानगरपालिकाको पटकपटकको ताकेतापछि सेवा प्रदायक कम्पनीहरुले टेलिफोन, इन्टरनेट, केबललगायतका तार व्यवस्थित गर्न थालेका हुन्।

व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम भने बढाएको पैदलयात्रुको गुनासो छ।

सडकमै छोडिएका तारमध्ये सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायक र टेलिफोनका तार रहेका छन्।

काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य गएको वैशाख २५ गतेबाट सुरु भएको हो।