Logo
२२ वैशाख २०८१, शनिबार

हिसानको शैक्षिक मेलामा महानगरको हस्तक्षेप

अक्षरपाटी
२०८० जेठ ३२ , बिहीबार ०५:०६ मा प्रकाशित

काठमाडौं ३२ असार। भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेद्वारा उद्घाटन गरिएको शैक्षिक मेला महानगरको शिक्षा विभागका अधिकारीसहितका महानगर प्रहरीहरुले बन्द गराएका हुन्। उनीहरुले मेलाका स्टल हटाइ दिएका छन्।

प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।

विद्यार्थीले दिएको परिक्षाको नतिजा नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने, दबाब दिने काम गरेकाले उक्त गरिएको महानगरको भनाइ छ।

एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी अभिभावकलाई लक्षित गरेर राखिएको हिसान मेला अनधिकृत रुपमा सञ्चालन भएको महानगरको दाबी छ।

कान्तिपुर पब्लिकेसनसमेत आयोजक रहेको मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू राखिएका थिए।