Logo
२१ वैशाख २०८१, शुक्रबार

मूल्य नपाएको भन्दै कालीमाटीको सडकभरी फालियो गोलभेंडा

अक्षरपाटी
२०८० असार ३ , आईतबार ११:०६ मा प्रकाशित

काठमाडौं ३ असार। मूल्य नपाएको भन्दै कालिमाटीका तरकारी व्यापारीहरुले सडकरी गोलभेंडा फालेर बिरोध गरेका छन्।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार खपत हुन छाडेको भन्दै किसान र व्यापारीले बजारमा गोलभेंडा फालेका हुन्।

आज बिहान ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको
कालिमाटी थोक तथा खुद्रा बजार समितिले जनाएको छ।

समितिका अध्यक्ष गीता आचार्यले किसानले गोलभेंडा फ्याँकेको बताए।

‘बजार मूल्य नपाएपछि किसानले गोलभेंडा फ्याकेका हुन् । करिब ३० हजार किलो गोलभेंडा कालिमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ,’ आचार्यले भने।

तर, किसानहरुले यति धेरै गोलभेंडा लिएर बजारसम्म नआउने भएकाले गोलभेंडा किसानले नै फ्याँकेको दाबी भने शंकास्पद छ।

कालिमाटी तरकारी बजारकै केही व्यापारीहरुले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको दाबी छ।

अहिले बजारमा गोलभेंडा सस्तिएकाले बिचौलियाहरुले एकमुस्ट गोलभेंडा फालेर अभाव सिर्जना गरी मूल्य बढाउन खोजेको यहीँका केही व्यापारीको भनाइ छ।

कालीमाटी गोलभेंडा