धनगढी ६ असार। मंगलबार सवारी दुर्घटनामा परी परिवारसहित निधन भएका सुदूरपश्चि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह, उनकी पत्नी र भाउजुको दाहसंकार शनिबार हुने भएको छ।
स्वर्गीय मन्त्री दम्पत्तीका जेठो छोरा नर्वेमा भएकाले उनी फर्किएपछि मात्रै अन्तिम संस्कार हुने भएको हो। आज बिहानदेखि श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको मन्त्रीको शवमा मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेश सरकारका मन्त्री, स्थानीय तहका प्रमुखहरु, सर्वसाधारण र आफन्तले श्रद्धाञ्जली अर्पण गरेका थिए।
त्यसलगत्तै उनको पार्थिव शरीरलाई हेलिकोप्टरमार्फ आजै बझाङ लगिएको छ। स्वर्गीय मन्त्री सिंह सहित तीनै जनाको शव जिल्ला अस्पतालमा राखिएको छ। उनको अन्तिम संस्कार पनि बझाङमा गरिने भएको छ।
जेठो छोरा नेपाल आएपछि शनिबार गृहजिल्लामै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
धनगढीबाट बझाङ जाने क्रममा मंगलवार दिउँसो केदारस्यु गाँउपालिका–१ झारछडामा गाडी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको थियो।
पृथ्वीबहादुर सिंह