Logo
१६ वैशाख २०८१, आईतबार

पार्टी स्थापनाको दिन रास्वपाले भित्र्यायो पूर्व बैंकर अनिलकेशरीलाई, रविले भनेः बालेन र हर्कलाई समेट्न सके गजब हुन्थ्यो

अक्षरपाटी
२०८० असार ७ , बिहीबार ०१:०६ मा प्रकाशित

काठमाडौं ७ असार। आज असार ७ राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको एक वर्ष भएको छ। गत वर्ष आजकै दिन रास्वपा स्थापना भएको थियो।

पार्टी स्थापनाको दिन पारेर पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश गरेका छन्। उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखमा जिम्मेवारी तोकिएको छ।

यस्तै आजै बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाउँदै स्वागत गरेका थिए।

सो अवसरमा सभापति लामिछानेले धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन शाहलाई पार्टीमा जोड्न सके असाध्यै राम्रो हुने बताए।

पार्टी स्थापनाको अवसरमा आयोजित कार्यक्रममा पत्रकारको जिज्ञासाको जवाफ दिँदै उनले उनीहरुलाई पार्टीमा स्वागत गर्न आफू सकारात्मक रहेको बताए।

‘हर्क र बालेनजस्ता साथीहरुलाई हामीले पार्टीमा जोड्न सके असाध्यै राम्रो हुन्थ्यो। त्यो त हाम्रो चाहना छँदैछ। उहाँहरुले पनि त्यसैगरी सोचिदिनुभए हामी त सकारात्मक छँदैछौँ’, उनले भने।

अनिलकेशरी शाह रवि लामिछाने रास्वपा