Logo
२१ वैशाख २०८१, शुक्रबार

अदालत भन्छ : भारतीय फिल्म चल्न दिनु, बालेन भन्छन : अदालत र सरकार भारतको गुलाम हो ?

अक्षरपाटी
२०८० असार ७ , बिहीबार ०२:०६ मा प्रकाशित

काठमाडौं ७ असार। भारतीय चलचित्र आदिपुरुषमा जानकी भारतीय छोरी हुन भन्ने संवादलाई लिएर नेपालमा विवाद चर्किएको छ।

ऐतिहासिक र पौराणिक तथ्यलाई नै आँच पुर्याउने काम उक्त फिल्मले गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरका हलहरुमा उक्त फिल्म प्रदर्शनमा रोक लगाएका छन्।

सोही विषयलाई लिएर नेपाल चलचित्र संघले दायर गरेको रिटमा उच्च अदालत पाटनले काठमाडौंका हलहरुमा भारतीय फिल्म प्रदर्शनमा नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

चलचित्र संघका कानुन व्यवसायी जयलाल भण्डारीका अनुसार यो विषयमा अन्तरिम आदेश छलफलका लागि अदालतले १२ असारमा दुबै पक्षलाई बोलाएको छ।

तर अदालतको आदेशलगत्तै बालेनले उक्त अल्पकालीन अन्तरिम आदेशको कडा शब्दमा आलोचना गरेका छन्।

उनले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन्।

फिल्म लेखकले नै नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा भएको र यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालते फिल्म चल्न निदु भन्नु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिने धारणा सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले जुनसुकै सजाय भोग्न तयार रहेको तर फिल्म चल्न नदिने पनि स्पस्ट पारेका छन्।

आदिपुरुष बालेन शाह