Logo
५ वैशाख २०८२, शुक्रबार

बालेनको अनुकरण : धनगढीका निजी अस्पताले पनि १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्नुपर्ने

अक्षरपाटी
२०८० असार ८ , शुक्रबार ०३:०६ मा प्रकाशित

धनगढी ८ असार। अब धनगढीका निजी अस्पतालले पनि १० प्रतिशत शय्या गरिब तथा असहाय बिरामीका लागि निशुल्क रुपमा उपलब्ध गराउनुपर्ने भएको छ।

हुन त स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र प्रचलित कानुन अनुसार निजी तथा सामुदायिक अस्पतालले क्षमताको १० प्रतिशत शय्या गरिब र असहाय बिरामीका लागि निशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

तर आज सम्म लागू हनु नसकेको यो व्यवस्था काठमाडौं महानगरमा मेयर बालेन शाहले लागू गराउन कदम चालेपछि धनगढीमा पनि लागू हुने भएको छ।

मेयर बालेनकै अनुकरण गर्दै धनगढी उपमहानगरपालिकाले पनि यो व्यवस्था कडाइका साथ लागू गर्ने निती लिएको हो।

उपमहानगरपालिकाले निजी अस्पतालहरूले गरिब, असहाय र वेवारिसे नागरिकलाई निःशुल्क उपचार गर्नु पर्ने व्यवस्थालाई कडाईका साथ लागु गर्ने भएको छ।

उपमहानगरको नीति तथा कार्यक्रममा उपमहानगभित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्था, औषधि पसललगायतका स्वास्थ्य संस्थाले अनिवार्य स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र लिनुपर्ने पनि उल्लेख छ।

उपमहानगरले सरुवा तथा किटजन्य रोगहरूको रोकथाम, विपद् व्यवस्थापन पूर्वतयारी र प्रतिकार्य तथा महामारी नियन्त्रणका लागि आवश्यक तयारी तथा समुदाय परिचालन लगायतका एकीकृत कार्यक्रम सञ्चालन गर्ने नीति लिने भएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘उत्कृष्ट स्वास्थ्यकर्मी, सम्मानित संस्था’ कार्यक्रम मार्फत उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूलाई मापदण्ड बनाई वार्षिक रुपमा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गरिनेछ।

धनगढी उपमहानगरपालिका