Logo
१६ वैशाख २०८१, आईतबार

नेतामा इमान रहुन्जेल मात्रै बचाउ गर्नुस : रवि लामिछाने

अक्षरपाटी
२०८० असार ९ , शनिबार ०५:०६ मा प्रकाशित

काठमाडौं ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका नेतामा इमान रहुन्जेल मात्रै बचाउ गर्न अपिल गरेका छन्।

उनले नेतालाई बचाउने कार्यकर्ता र समर्थकले भए पनि नेतामा पनि इमान हुन्जेल मात्रै साथ र समर्थन गर्नुपर्ने बताए।

उनले पार्टी र नेताको बचाउका नाममा विपक्षकोभन्दा तल्लो स्तरमा उत्रिएर गाली गलौंजको भाषा प्रयोग नगर्न पनि कार्यकर्ता र समर्थकलाई सचेत गराए।

‘गाली गलौजको भाषा सामाजिक सञ्जालमा प्रयोग गरे त्यसको असर पार्टी र दलका नेतालाई समेत पर्छ। इमानमा रहेका दिनसम्म मात्रै नेताहरुको बचाउमा लाग्न पनि म सिंगो पार्टी पंक्तिलाई सचेत गराउँछु’, उनले भने, ‘सभ्य र शिष्ट ढंगले विपक्षहरुको आलोचना गर्नसक्नु नै पार्टीको हितमा हुनेछ।’

आफ्ना समर्थक र कार्यकर्ता असाध्यै धेरै गालीगलौैज गर्छन भनेर आरोप लाग्ने गरेको र अब त्यो आरोप खपेर बस्न नमिल्ने पनि उनले बताए।

‘माया गर्नुहुने, समर्थन गर्नुहुने तपाई साथीहरुका अगाडि नभने मैले कसका अगाडि भन्ने ? मैले तपाईहरुलाई यति बिम्ति नगरे कसलाई गर्ने? पार्टी सभापतिको हैसियतले फेरि पनि तपाईहरुलाई भन्न चाहन्छु–आएका गाली, आलोचनाहरुलाई त्यो भन्दा तल गएर गाली गर्नु हुँदैन’, उनले आग्रह गरे, ‘सभ्य र शिष्ट ढंगले बचाई दिनुभयो भने ओहो रास्वपाका समर्थकहरु त कति शिष्ट भएछन। पहिला त कस्ता थिए। अहिले त कति राम्रा भएछन? आलोचना त गर्छन, सुन्छन । तर कति सभ्य र शिष्ट ढंगले गर्छन भनेर भन्ने वातावरण पनि हामीले नै बनाउनु पर्नेछ।’

उनले भ्रष्टाचारलाई जरैदेखि उखेल्ने पार्टीको नीति पुरा गरेरै छाड्ने मात्र बताएनन् २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी समेत गरे।

पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनल २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरुले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताए।

‘जान्नेलाई छान्ने काम गरियो भने राम्रा मानिसहरु पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने तर्क उनले गरे।

सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरु बीच फाटो ल्याउन ठूला दलहरुले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए।

रवि लामिछाने