काठमाण्डौ,२३ साउन । कैलाली र कञ्चनपुरमा गरी बाढीमा फसेका ८ जनाको उद्धार गरिएको छ । कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका हुन् । पाँच जना पुरुष र एक जना महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
त्यस्तै, कञ्चनपुरमा स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई जना महिलाको गएराति उद्धार गरिएको छ । गौमती साउद र निर्मला भण्डारीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, शुक्लाफाँटा–१२ तिलकीमा दोदा नदीमा आएको बाढीले स्थानीय किसानले लगाएको सखरखण्ड, धान र उखु बालीमा क्षति गरेको छ ।