Logo
२६ वैशाख २०८२, शुक्रबार

वीरगञ्जमा हिन्दूवादीहरुको आन्दोलन

अक्षरपाटी
२०८० असोज ६ , शनिबार ०७:०९ मा प्रकाशित

जनकपुरधाम। सर्लाहीको मलंगवामा एक हिन्दूमाथि आक्रमण भएको भन्दै वीरगन्जमा हिन्दूवादीहरुले आन्दोलन सुरु गरेका छन्।

हिन्दूवादीहरुले शनिबार दिउँसो जुलुस निकालेका हुन्। सो क्रममा बजार, पसल बन्द गराएपछि वीरगञ्जको अवस्था तनावग्रस्त बनेको छ।

सम्भावित दुर्घटना नहोस भनेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। हिन्दूवादीहरुले आक्रमणकारीलाई कडा कारबाही गर, हिन्दू राष्ट्र घोषणा गर, हिन्दू एकता जिन्दावादका नारा लगाएका छन्।

मलंगवामा बिहीबार राति मूर्ति सेलाउन जानेक्रममा दुई समुदायबीच झडप भएको थियो। सो क्रममा एक युवकमाथि छुरा प्रहार गरिएको थियो।

घटनाले उग्र रूप लिएपछि स्थानीय प्रशासनले मलंगवा क्षेत्रमा बिहीबार राति १० बजेदेखि नै अनिश्चितकालीन कर्फ्यु लगाएको छ।