Logo
२० वैशाख २०८१, बिहीबार

पश्चिम नेपालमा मध्यराति भूकम्प, उपमेयरसहित ३६ जनाको निधन, ४७ जनाभन्दा बढी घाइते (अपडेट)

अक्षरपाटी
२०८० कात्तिक १८ , शनिबार ०४:११ मा प्रकाशित

काठमाडौं १८ कार्तिक। शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले जनधनको ठूलो क्षति भएको छ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले हालसम्म निधन हुनेको सख्या ३६ पुगेको छ भने ४७ जना घाइते भएको प्रहरीलेले जनाएको छ।

रातिको समयमा मानिसहरु घरमा सुतेको बेला भूकम्प गएकाले क्षति झन बढी हुनसक्ने अनुमान प्रहरीको छ।

भूकम्पमा परेर नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको स्थानीय प्रहरीले जनाएको छ।

भूकम्प जाने वित्तिकै कर्णाली प्रदेश प्रहरीले ६० जना प्रहरीलाई उद्धार र रातहका लागि खटाएको त्यहाँका प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताएका छन्। रातिको बेला भएकाले मानिसहरु सुतिरहेकै अवस्थामा पुरिएको हुनसक्ने उनको अनुमान छ।

पहाडी र दुर्गम क्षेत्रमा परम्परागत शैलीका पुराना घर भएकाले पनि क्षति बढी हुने अनुमान गरिँदै आएको थियो। रातीको समय भएकाले थप विवरणहरु संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले बताएको छ।

जाजरकोट भूकम्प