Logo
२३ भदौ २०८२, सोमबार

शेयर बजारमा हरियाली, उत्पादन र होटेल समूहको शेयर उच्च अंकमा

अक्षरपाटी
२०८० पुस ३ , मंगलबार ०४:१२ मा प्रकाशित

काठमाडौं। आज लगातार छैटौँ दिन शेयर बजार बढेर हरियाली छायको छ।

शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ९८ अंकले बढेर दुई हजार एक सय छ दशमलव ४८ बिन्दुमा पुगेको हो।

गएको साउनयता नेप्से पहिलोपटक २१ सय बिन्दुभन्दा माथि पुगेको हो। आज सबै समूहको शेयर उकालो लागेकोमा आज उत्पादन र होटल समूहको शेयर उच्च अंकले बढेको छ।

आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

आज बजार बढे पनि कारोबार रकम भने सोमबारभन्दा घटेको छ। आज एक करोड ६४ लाख कित्ता शेयर पाँच अर्ब ९८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन्।

सबैभन्दा धेरै शिवम् सिमेन्टको ३७ करोड ४३ लाख र सोल्टी होटलको शेयर २८ करोड ७३ लाख रुपैयाँमा किनबेच भएको छ।