Logo
१५ वैशाख २०८१, शनिबार

पिएनजीलाई पराजित गर्दै नेपाल फाइनलमा

अक्षरपाटी
२०८० फागुन २९ , मंगलबार १०:०३ मा प्रकाशित

काठमाडौं,२९ फागुन । हङकङमा जारी त्रिकोणात्मक सिरिजमा पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। मंगलबार बिहान १९९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा ११३ रन बनाएर अलआउट भएको हो।

पिएजीविरुद्ध नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट, प्रतिक जिसीले २ विकेट, गुलसन झा, आकाश चन्दले १/१ विकेट लिए। पिएनजीका लागि हिरीको २८ रन, सेसे बाउले २१ रन, टोनी उराले १३ रन र नोसेना पोकानाले १२ को योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

यस अगाडि पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकमा प्रहार गरे।

नेपालका लागि भुर्तेलले ५९ रन, जोराले ५६ रन, बिनोद भण्डारीले २७ रन, गुलसन झाले १५ रन , लोकेश बमले १४ रन, विवेक यादवले १९ रनको योगदान गरे। गुलसन र विवेश अविजित रहँदा कप्तान रोहित पौडेलले १ रन र आरिफ शेखले ४ रनको मात्र योगदान गर्न सके।

आइतबार बर्षाले खेल प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका थिए।

फाइनल खेल बुधबार हुने कार्यतालिका छ।