Logo
१५ वैशाख २०८१, शनिबार

खैरो हेरोइनसहित दुई भारतीय युवक कञ्चनपुरबाट पक्राउ

अक्षरपाटी
२०८० चैत्र १४ , बुधबार ०१:०३ मा प्रकाशित

धनगढी,१४ चैत । खैरो हेरोइनसहित दुई भारतीय युवक कञ्चनपुरबाट पक्राउ परेका छन् ।

बुधबार बिहान पुनर्बास नगरपालिका-११ डोके बजारबाट भारतको बहराइच नानपारा उत्तर प्रदेशका १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जनालाई शंका लागेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अनुसन्धान समूह (पीआईटी) र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो ।

त्यस क्रममा उनीहरूको साथबाट एक ग्राम ७१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।