Logo
१९ वैशाख २०८१, बुधबार

आईपीएल क्रिकेट : आज मुम्बई र दिल्ली तथा लखनउ र गुजरात खेल्दै

अक्षरपाटी
२०८० चैत्र २५ , आईतबार ११:०४ मा प्रकाशित

काठमाडौ,२५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे पुछारका दुई टोली मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

यो सिजन मुम्बईले लगातार तीन खेलमा हार ब्यहोरेको छ । अङ्क तालिकामा मुम्बई पुछारमा छ । त्यस्तै दिल्ली क्यापिटल्सले चार खेलमा एक मात्रै जितेको छ । दिल्ली पुछारबाट दोस्रो स्थानमा छ ।

आजको दोस्रो खेलमा बेलुका पौने ८ बजे लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच खेल हुनेछ । लखनउले तीन खेलमा दुई जित र गुजरातले चार खेलमा दुई जित निकालेको छ ।

गएराति भएको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) लाई छ विकेटले हरायो । जितपछि राजस्थान चार खेलमा शतप्रतिशत नतिजासहित अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।