Logo
१० साउन २०८३, आईतबार

नेपाल क्यान्सर हस्पिटलमा अत्याधुनिक एमआरआई सेवा सञ्चालन

अक्षरपाटी
२०८३ साउन १० , आईतबार ०३:०७ मा प्रकाशित

काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले अत्याधुनिक प्रविधिसहितको नयाँ एमआरआई सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले रिबन काटेर एमआरआई सेवाको उद्घाटन गरेका हुन्।

अस्पताल परिसरमा आयोजित विशेष समारोहमा वैदिक पूजाआजा, शुभकामनासहित एमआरआईको उद्घाटन सम्पन्न भएको थियो। कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापन टोली तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता थियो।

अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठका अनुसार अत्याधुनिक एमआरआई सेवा सञ्चालनमा आएसँगै बिरामीले अब अझ छिटो, उच्चस्तरीय र छरितो तथा भरपर्दो निदानात्मक सेवा प्राप्त गर्नेछन्।

उनका अनुसार यो प्रविधिले क्यान्सरसहित मस्तिष्क, मेरुदण्ड, स्नायु प्रणाली, हड्डी, जोर्नी तथा अन्य जटिल रोगहरूको प्रारम्भिक पहिचान र प्रभावकारी उपचारका लागि योजना बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

‘हामीले आधुनिक प्रविधिलाई स्वास्थ्य सेवासँग जोड्दै बिरामीलाई अन्तर्राष्ट्रियस्तरको निदान सेवा नेपालमै उपलब्ध गराउने लक्ष्य लिएका छौं। नयाँ एमआरआई सेवाले उपचार प्रक्रियालाई अझ प्रभावकारी, छिटो र विश्वसनीय बनाउने विश्वास लिएका छौं,ु निर्देशक श्रेष्ठले भनिन्।

यसअघि नै अस्पतालले आगामी १० वर्षको महत्वाकांक्षी रणनीतिक योजना समेत सार्वजनिक गरेको छ। उक्त योजनाअन्तर्गत करिब १०० करोड रुपैयाँ लगानीमा विश्वस्तरीय सर्वाङ्गीण क्यान्सर केन्द्र निर्माण गरिने अस्पतालले जनाइसकेको छ।

रणनीतिक योजनाअनुसार भविष्यमा अत्याधुनिक क्यान्सर निदान तथा उपचार सेवा, अत्याधुनिक रेडियोथेरापी र शल्यचिकित्सा, अनुसन्धान तथा नवप्रवर्तन, विशेषज्ञ जनशक्ति विकास, डिजिटल स्वास्थ्य प्रणाली र बिरामीकेन्द्रित सेवाको विस्तारमा विशेष जोड दिइनेछ।

अस्पतालले नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको समग्र क्यान्सर उपचार केन्द्र स्थापना गरी स्वदेशमै गुणस्तरीय उपचार उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले अत्याधुनिक एमआरआई सेवा सञ्चालन र दीर्घकालीन रणनीतिक योजनाले नेपालमा क्यान्सर उपचारलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरे।

डा. सुदीप श्रेष्ठ निर्देशक स्वरुपा श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल