Logo
१९ वैशाख २०८१, बुधबार

सुदूरपश्चिममा सोडारीलाई एमालेले साथ नदिए कांग्रेसले सघाउने

अक्षरपाटी
२०८१ वैशाख ६ , बिहीबार ०३:०४ मा प्रकाशित

काठमाडौं,६ वैशाख । सुदूरपश्चिम मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई एमालेले साथ नदिए कांग्रेसले साथ दिने भएको छ।

बिहीबार बिहान बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटमा उक्त सहमति भएको बताएका हुन्।

देउवा र नेपालबीच बुधबार साँझ कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गोल्फुटारमा छलफल भएको थियो।

सुदूरपश्चिममा एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। त्यसमा एमाले असहमत छ। चार सांसद रहेको एकीकृत समाजवादीबाट सोडारीबाहेक अन्यलाई स्वीकार्ने तर उनलाई नस्वीकार्ने पक्षमा एमाले छ।

यस्तो अवस्थामा एकीकृत समाजवादीले सचिवालय बैठकबाटै निर्णय गरेपछि एमाले छलफलमा छ। सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्न आज साँझ ५ बजेसम्मको समय छ।

सुदूरपश्चिम