Logo
२५ वैशाख २०८१, मंगलबार

बालेनको अश्र बजारमा

अक्षरपाटी
२०८१ वैशाख १५ , शनिबार ०२:०४ मा प्रकाशित

काठमाडौं। हिपहप र र्‍याप गायनबाट नेपाली सङ्गीतमा उदाएर स्वतन्त्र राजनीतिज्ञ भई काठमाडौँ महानगरपालिकाको मेयर बनेका बालेन शाहको कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक भएको छ ।

बालेन शाहको जन्मदिनको उपलक्ष्यमा आज उनकै सामाजिक सन्जालबाट कविता सङ्ग्रह भोलिदेखि बजारमा उपलब्ध हुने जानकारी गराइएको हो ।

बालेनले लेखेका छन्; “मेरो कविता सङ्ग्रह ‘अश्र’ भोलिदेखि सर्वत्र उपलब्ध हुनेछ । आजको जन्मदिनको उपलक्ष्यमा शुभकामना दिनुहुने सबैमा धन्यवाद ।”

अश्रमा प्रेम, प्रेम वियोग, राजनीति र दर्शनसहित १९५ कविता र तिनका चित्र स्केच रहेको प्रकाशक बुकहिलले जनाएको छ ।

“नेपाली कवितामा नयाँ स्वाद खोज्ने पाठकका निम्ति कवि बालेनका कविता मन पर्नेछन्,” प्रकाशक बुकहिलले भनेको छ, “भानुभक्तदेखि विभिन्न कालखण्ड र भावधारा हुँदै बालेनसम्म आइपुगेको नेपाली काव्यिक आयामलाई अश्रका कविताले अर्को आयाम दिनेछन् ।”

हार्ड कभर संस्करणमा प्रकाशन भएको अश्रको पाठक मूल्य ६६६/- रुपैयाँ रहेको छ ।