Logo
२४ मंसीर २०८१, सोमबार

एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

अक्षरपाटी
२०८१ असार १७ , सोमबार ११:०७ मा प्रकाशित


काठमाडौँ,१७ असार। प्रतिनिधिसभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ । सोमबार ११ बजेका लागि बोलाइएको बैठक करिब १७ मिनेट ढिला सुरु भएको थियो ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

‘प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषद्का सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था छ, नभएको कारणले गर्दा म ध्यानाकर्षण गराउन चाहान्छु’, यादवको भनाइ थियो । सभामुख घिमिरेले सांसद यादवको कुरा ध्यानाकर्षण भएको भन्दै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगितको घोषणा गरे ।