


बैतडी। बैतडीकाे गैराखानमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परि १७ जना घाइते भएका छन्।
धनगढीबाट बैतडी सदरमुकामतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको बस दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ गैराखान नजिकै आज दिउँसो करिब ३ बजे दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको छ। दुर्घटनामा १७ जना यात्रु घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताए।
घाइतेहरूको उद्धार गरी थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
तस्विर : सामाजिक सञ्जालबाट


