Logo
८ साउन २०८१, मंगलबार

सुनको मूल्य तोलाको एक लाख ४५ हजार नाघ्यो

अक्षरपाटी
२०८१ असार २३ , आईतबार ११:०७ मा प्रकाशित


काठमाडौं,२३ असार। आज नेपाली बजारमा सुनचाँदीको मूल्यमावृद्धि भएको छ । आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छ ।

यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।