Logo
३१ साउन २०८३, आईतबार

फक्ताङलुङ गाउँपालिका भवनमा लेदोसहितको पहिरो, विद्युत प्रवाह रोकियो

अक्षरपाटी
२०८१ साउन ४ , शुक्रबार १०:०७ मा प्रकाशित

ताप्लेजुङ ४ साउन । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका भवनमा लेदो र गेग्रानसहितको पहिरो पसेको छ।

शुक्रबार बिहान दुई बजेदेखि तीन बजेको बीचमा पहिरो खसेर गाउँपालिका भवन र प्रहरी भवनमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जानकारी दिए।

‘आज रातभरिको अविरल वर्षाले पहिरो खसेको हो’, उनले भने ‘स्थानीयबासीहरु पहिल्यै सुरक्षित ठाउँतिर लागेकाले कुनै मानवीय क्षति भएको छैन।’

गाउँपालिकाको केन्द्र रहेको तापेथोकको सल्लेरीडाँडाबाट लेदो र गेग्रानसहितको पहिरो खसेको सहायक प्रजिअ भट्टराईले जानकारी दिए।

गाउँपालिका भवनभन्दा ३ सय मिटर माथिको डाँडाबाट पहिरो खसेको थियो।

भट्टराईका अनुसार पहिरोले तमोर करिडोरको सडक अवरुद्ध बनेको छ भने विद्युत प्रवाह पनि रोकिएको छ।