Logo
२५ असोज २०८३, आईतबार

केरलमा पहिरो : एक नेपाली सहित ३६ जनाको मृत्यु

अक्षरपाटी
२०८१ साउन १५ , मंगलबार १२:०७ मा प्रकाशित

१५ साउन । भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको छ।

मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा उद्धारको काम अघि बढाएका छन्। थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक बालकको मृत्यु भएको हो।

केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

ट्रेन्डिङ ( साप्ताहिक )