Logo
३० साउन २०८३, शनिबार

बाढीले ढुंग्रेखोलाको पुलमा क्षति गरेपछि पूर्व–पश्चिम राजमार्ग ठप्प

अक्षरपाटी
२०८१ साउन १६ , बुधबार ०१:०७ मा प्रकाशित

१६ साउन । महोत्तरीको बर्दिबास नगरपालिकाको माइस्थान जंगलस्थित रहेको ढुङ्ग्रेखोला (बेलगाछि) पुल बाढीले क्षतिग्रस्त भएपछि महेन्द्र राजमार्गमा यातायात सेवा ठप्प भएको छ।

भारी वर्षाले गएराति दुईबजे उक्त पुल र सडक जोड्ने स्टेप बगेपछि माइस्थान खण्डमा यातायात सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

बिहानदेखि प्रहरी र प्राविधिक टोली उक्त पुलको मर्मतसम्भारमा खटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले जानकारी दिए।


उनका अनुसार आज दिनभरमा पुल मर्मत गरिसक्ने गरी काम भइरहेको छ।

‘यात्रुवाहक हलुका सवारी माइस्थान, गौशाला हुँदै कान्तिबजार लक्ष्मिनियाँ भएर राजमार्गमा गुडेका छन भने हेभी गाडी गौशाला हुँदै फुलजोर मलंगवा हुँदै राजमार्ग पुग्ने गरेका छन,’ उनले भने।

गएराति पहाडीक्षेत्रमा भएको भारी वर्षाले रातु खोलामा समेत ठूलो बाढी आएको छ।

धनुषा र महोत्तरीको सिमामा पर्ने रातु खोलामा जलसतहले सतर्कता तह पार गरेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ।