Logo
२१ असोज २०८१, सोमबार

सुन तोलामा २३०० ले घट्यो

अक्षरपाटी
२०८१ साउन २२ , मंगलबार ११:०८ मा प्रकाशित

काठमाडौं,२२ साउन । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको सुन मंगलबार तोलामा २३०० घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार रुपैयाँ रहेको सुनको भउ आज १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ घटेको छ ।

आज प्रतितोला चाँदीको भाउ १७२५ रुपैयाँ छ ।