Logo
१६ असार २०८२, सोमबार

सोलुखुम्बुको थामे गाउँमा लेदोसहितको भीषण बाढी,हिमताल फुटेको आशंका

अक्षरपाटी
२०८१ साउन ३२ , शुक्रबार ०३:०८ मा प्रकाशित

सोलुखुम्बु,३२ साउन । सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे भन्ने ठाउँमा शुक्रबार लेदोसहित भीषण बाढी आएको छ।

हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने यकिन भइनसकेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बाढी पसेको खबर आएको बताइन्।

प्रजिअ पाण्डेका अनुसार घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन्।

‘हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन सकेको छैन’, उनले भनिन्, ‘केही भौतिक संरचनामा क्षति पुगेको जानकारी आएको छ। पुष्टि हुन बाँकी छ।’

भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको लेदाेसहितकाे बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ डुवाएकाे छ ।