Logo
२४ असोज २०८१, बिहीबार

सुदूरपश्चिमको मौलिक पर्व गौराको दोस्रो दिन, आज बिरुडा पञ्चमी

अक्षरपाटी
२०८१ भदौ ९ , आईतबार ०१:०८ मा प्रकाशित

धनगढी,९ भदौ । सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा हिजो देखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका नौ वटै जिलामा भव्य रुपमा मनाइने गौरा पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा भिजाँइएको थियो । आईतबार बिरुडा धुदै नाउलामा गौराको बिधिवत रुपमा पूजा गरिएको छ । यसलाई नाउलाकी गौरा भन्ने प्रचलन रहेको छ ।

गौराको पहिलो दिन बिरुडा पञ्चमी, घरघरमा बिरुडा भिजाउने गरिन्छ । गहत, गुराउस, केराउ, चना, मटर मिसाएर बिरुडा भिजाउने चलन छ । कही कतै मास र गहँु पनि मिसाईन्छ । केही समय पहिलेसम्म पहाडमा मात्रै मनाइने गौरा पछिल्लो समय तराईमा पनि भव्यताका साथ मनाउन थालिएको छ । पछिल्ला वर्षहरुमा संघीय राजधानी काठमाडौं लगायत सुदूरपश्चिमले बसोबार गर्ने भारतसंगै अन्य तेस्रो मुलुकहरुमासमेत गौरा पर्व मनाईदै आएको छ ।

शनिबार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ । सोही दिन बिरुडा धुनुका साथै विभिन्न धार्मिक तथा प्राचीन महत्वसँग जोडिएका धार्मिक गाथा, फाग, धमारी चाचरी, सगुना, देउडा लगायातका गीत र गाथा गाउनुका साथै भारी खेल खेलेर सुदूरबासी रमाउने गर्दछन ।