Logo
१८ असोज २०८१, शुक्रबार

रोकिराखेको ट्रकको पछाडि ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

अक्षरपाटी
२०८१ भदौ १६ , आईतबार ०१:०९ मा प्रकाशित

धनगढी,१६ भदौ । कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीया कैलाश थापा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गए राति अन्दाजी सवा १ बजे धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको ना ४ ख ९६३ नम्बरको ट्रकको पछाडि सोही दिशातर्फ आउँदै गरेको से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक को शरीरमा गम्भीर घाइते भएका थिए।

घाइते थापाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो।

सोही मोटरसाइकल पछाडि सवार धनगढी–२ भन्सार रोडका भुपेश पालको टाउको र खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। ट्रकसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ।