Logo
१५ पुस २०८१, सोमबार

अब महिला र पुरुष विजेताले समान पुरस्कार पाउने : आइसिसी

अक्षरपाटी
२०८१ असोज १ , मंगलबार ०४:०९ मा प्रकाशित

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप २०२४ को लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले ७९ लाख ५८ हजार अमेरिकी डलर कुल पुरस्कार घोषणा गरेको छ। यो पुरस्कार २०२३ संस्करणको तुलनामा २२५५ ले बढेको छ।

यससँगै महिला र पुरुष विश्वकपका लागि समान पुरस्कार हुने भएको छ। महिला विश्वकपको विजेताले २३ लाख र उपविजेताले ११ लाख अमेरिकी डलर प्राप्त गर्नेछन्।

आइसिसीले पहिलो पटक महिला र पुरुष विश्वकपका लागि समान पुरस्कार रकम दिन लागेको हो।

अघिल्लो संस्करणको महिला विश्वकपको तुलनामा अहिले विजेताले १३४ प्रतिशत बढी पुरस्कार पाउन लागेको हो।

आइसिसी महिला टी-२० विश्वकप २०२४ अक्टोबर ३ मा सुरु हुँदैछ।

युएईको शारजाह क्रिकेट स्टेडियममा हुने पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डसँग खेल्दैछ।