Logo
२८ वैशाख २०८२, आईतबार

‘पुष्पा २’ ले रिलिज अघि नै कमायो १०६५ करोड

अक्षरपाटी
२०८१ कात्तिक ७ , बुधबार ०४:१० मा प्रकाशित

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा: द राइज’ मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ। फिल्म ‘पुष्पा: द राइज’ को सफलता भएदेखि नै यसको सिक्वेलको चर्चा भइरहेको छ।

यो फिल्मको मागलाई मध्यनजर गर्दै निर्माताले महँगो मूल्यमा डिजिटल राइट्स बेचेका छन्। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्मले रिलिजअगावै १०६५ करोड भारू कमाएको छ। थिएट्रिकल राइट्सबाट ६४० करोड भारू र नन-थिएट्रिकल राइट्सबाट ४२५ करोड भारू कमाएको हो।

फिल्मले आन्ध्र प्रदेश र तेलंगानामा २२० करोड भारू, उत्तर भारतमा २०० करोड भारू, तमिलनाडुमा ५० करोड भारू, कर्नाटकमा ३० करोड भारू, केरलमा २० करोड भारू र विदेशी बजारमा १४० करोड भारू कमाएको छ। नेटफ्लिक्सले २७५ करोड भारूमा ‘पुष्पा २’ को डिजिटल राइट्स किनेको हो। फिल्मले म्यूजिक राइट्सबाट ६५ करोड भारू र स्याटलाइट राइट्सबाट ८५ करोड भारू कमाएको छ।

यो फिल्मको बजेट ५०० करोड भारू बताइएको छ। फिल्ममा अल्लू अर्जुन र रश्मिका मन्दनासँगै फहद फासिलको पनि मुख्य भूमिका छ।

यो फिल्म डिसेम्बर ६ देखि प्रदर्शन हुनेछ।