Logo
२३ साउन २०८३, शनिबार

सामान्य अंकले बढ्यो शेयर बजार

अक्षरपाटी
२०८२ भदौ ३ , मंगलबार ०५:०८ मा प्रकाशित

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज शेयर बजार झिनो अंकले बढेको छ।

आज नेपाल स्टक एक्सजेञ्ज नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा बन्द भएको हो।

सोमबार नेप्से ९.१६ अंकले बढेर २७७०.३९ अंकमा बन्द भएको थियो।

आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ।

शेयर बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ। आज बजारमा पाँच अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार यो कारोबार रकम ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँ बराबरको थियो।

शेयर बजार